Jump to content

Page:Tarun tapasi.pdf/32

From Nepali Proofreaders
Revision as of 19:38, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{larger|'''चतुर्थ विश्राम'''}}}} {{start center block}} <poem> {{pcn|१}} अलिबेर पतङ्गका कुरा ::मनले खूब गमें पुरा पुरा। उनको जब मौन भङ्ग भो ::अनि अर्कैतिरको प्रसङ्ग भो।। {{pcn|२}} निशाले जो मेरो उपर तमको चादर धरी ::उषाको त...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
चतुर्थ विश्राम


अलिबेर पतङ्गका कुरा
मनले खूब गमें पुरा पुरा।
उनको जब मौन भङ्ग भो
अनि अर्कैतिरको प्रसङ्ग भो।।


निशाले जो मेरो उपर तमको चादर धरी
उषाको त्यो हाँस्तै निमिषभरमा नै पर गरी।
बित्यो एवंरीत्या रुचिकर शरत्काल सुखमा
परीहालें मानू पछि त म कठै मृत्युमुखमा।।


स्वभावैले हो वा अविदित कुनै कर्मवश हो?
दशाले हो यद्वा कुटिले विधिको कोपवश हो?
नजाने केले हो प्रकृतिजननीको मुख भरी
जम्यो कालो पोतो मधुर मुखशोभा सब हरी।।


मदारी झैं छोप्तै नजर सबका गुम्म कुइरो
घुस्यो मानू रोप्तै मुटुबिच तिखो शीतसुइरो।
जगत्मा चौतर्फी मलिन झुसिलो भाव भरियो
दिनश्रीको साथै तन सकल मेरो गँगरियो।।


पिट्यो पाता कस्तै विकट रिपु भै शीतल शठले
तुषारोले मार्यो शिर सब थिची लात्ति हठले।
चुट्यो, टोक्यो, ठोक्यो अधम हिमले हुर्मत लियो
हुरीले मुण्ट्यायो विकट गलहत्तीतक दियो।।