This page has not been proofread
३४
त्यसै वेला यौटा विधिनियमको दर्पण बनी
चुँडेको चङ्गा झैं शिथिल रविको मण्डल पनि।
गये ढल्दै ढल्दै, तल तल हुँदै, कत्ति नअडी
गुते अग्ला अग्ला हिमशिखरले कान्तिपगडी।।
३५
झर्यो मैलो पर्दा भुवनभर अर्कै प्रकृतिको
विवेकाऽऽलोकश्री रहित मनझैं मन्दमतिको।
म डुबें त्यै कालो तमजलधिमा त्यो समयमा
घुम्यो त्यै चङ्गाको चटक सब मेरा हृदयमा।।
३६
यसरि हृदयहारी भावगम्भीर भारी
सरस सरस सानू सूक्तिनिस्यन्द झारी।
मुनिवर बनिहाले मौनभावाऽभिराम
अलिछिन मन मेरो चक्करायो तमाम।।