Jump to content

Page:Tarun tapasi.pdf/28

From Nepali Proofreaders
Revision as of 19:35, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१६}} कुनै सुस्तै झुल्थे चहचह गरी चट्ट शिरमा ::कुनै खेल्थे, डुल्थे, कलरव गरी मस्त सुरमा। कुनै भन्थे राम्रो किसिमसित हामी सब चरा ::यसैमाथी पारौं अब गुँड बनायेर बचरा...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

१६
कुनै सुस्तै झुल्थे चहचह गरी चट्ट शिरमा
कुनै खेल्थे, डुल्थे, कलरव गरी मस्त सुरमा।
कुनै भन्थे राम्रो किसिमसित हामी सब चरा
यसैमाथी पारौं अब गुँड बनायेर बचरा।।

१७
चुचो ठाडो पारी वरपर निहारी गम गरी
कुनै भन्थे भारी श्रुतिमधुर झारी रसझरी।
खुला यो चौबाटो, बहुत घचिलो ठाम छ सब
यहाँ चल्छन् लाखौं शठ पथिक गर्दै कटुरव।।

१८
गुणी, ज्ञानी, ध्यानी, ऋषि, मुनिहरूसम्म सकल
चरामाथी गर्छन् हरतरहको बन्धनछल।
यहाँ बस्ता हाम्रो उपर पछि पर्ला कि खतरा
भनी गर्थे कोही बहस बहुतै नीतिचतुरा।।

१९
कुनै भन्थे यस्को रुचिकर जटामण्डल जब
हुँदै जाला बढ्दै गगनतलचुम्बी अनि सब।
सबै भन्दा माथी बसिकन गरौंला चहचह
झुली गाना गाई रसिकगुरु गन्धर्वसरह।।

२०
कुनै मेरो बढ्दो वयमधुरिमाको वश परी
परी जस्तै नाची पलपल ठुलो कौतुक गरी।
गला फारी भारी प्रणयसित गर्थे कलरव
म त्यो सुन्दा भन्थें, अब सफल भो जीवन सब।।

२१
छरीता फुर्के ती बहुत रसिला सुन्दर चरी
जती खेल्थे झिक्तै मधुर सुरसङ्गीतलहरी।
उती मेरो अन्तःकरण उनको रङ्गरसमा
डुबी गोता लिन्थ्यो, पलपल थियो दिव्यसुषमा।।