This page has not been proofread
१२
कराई चिच्च्याई यसरि बिलना वन्दन गरी
म बोल्थें त्यो वेला विकल बिचरो न्याहुल सरी।
कठै मेरो भाषा नबुझि सब चल्थे टमटम
हुनाले क्यै छ्यौमा उस दलनमा तै परिनँ म।।
१३
कहाँ कस्ले कस्तो किसिमसित कुल्चन्छ शिरमा
भनी डर्दै, तर्दै नयन बटुवाका पयरमा।
म गन्थें बाटोमा निशिदिन कठै। जीवनघडी
मजा मानी बुन्थें मलिन मुखमा जाल मकडी।।
१४
जसै बल्झे माखा, मसक बिचरा जालबिचमा
अनी कालो कालोपम शठ शिकारी नगिचमा।
पुगी दाह्रा धस्थ्यो रगत सब चुस्थ्यो तननन
म आँखा चिम्लन्थें सहन नशकी त्यो शठपन।।
१५
कठै यस्तै यस्ता धरणितल नै नर्क गह्रुका
गरी फिर्ने पापी कुटिल कपटी जीवहरुका।
तमासाले गर्दा मन विकलतासाथ चिरियो
विधाताको लीलावश पयर विस्तार थिरियो।।