Jump to content

Page:Tarun tapasi.pdf/19

From Nepali Proofreaders
Revision as of 18:06, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{larger'''द्वितीय विश्राम'''}}}} {{start center block}} <poem> {{pcn|१}} बिचमा भुमरी परी परी ::बहँदी सम्थरकी नदी सरी। फिर बग्न गयो उसै गरी ::मुनिको शीतल सूक्तिमाधुरी।। {{pcn|२}} चपेटा पर्नाले नियति अगुवा कर्मगतिको ::लिय...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread


बिचमा भुमरी परी परी
बहँदी सम्थरकी नदी सरी।
फिर बग्न गयो उसै गरी
मुनिको शीतल सूक्तिमाधुरी।।


चपेटा पर्नाले नियति अगुवा कर्मगतिको
लियेथें यो चोला जुन बखतमा लोकहितको।
उसै वेलादेखी जुन जति सहें कष्ट कहर
सबै त्यो सुन्दैमा पनि तिमि हुनेछौ थरहर।।


म जन्मेको मात्रै, तन शिथिल, मन्टो पनि लुलो
कलीला रौं जस्ता पयर; अडिने शक्ति फितलो।
चुचे दाह्रे ढुङ्गा तलतिर कडा, माथि छ खडा
कठै त्यो शून्यात्मा मलिन नभको शून्य मुखडा।।


सहारौं, सम्भारौं, अशरण छ यो बालक भनी
मलाई को हेर्ने? उस बखत मायावश बनी।
जती चल्थे फिर्थे, सब मतलबी नासमझ ती
कठै अन्धा जस्ता; विषयविषले व्याकुल अति।।


कतै दायाँ बायाँ तिलभर पनी नेत्र नधरी
जथाभावी चल्दा अबुझ बटुवा टम्टम गरी।
म थर्कन्थें, भन्थें पनि गिडगिडाई तिनिकन
दुवै आँखा हेरी हिंड जमिनमा, अन्ध नबन।।