Jump to content

Page:Tarun tapasi.pdf/16

From Nepali Proofreaders
Revision as of 18:00, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२४}} समुद्रैको जस्तो निरतिशय गाम्भीर्य मुखमा ::सदा एकैनासे विषयरसको दुःखसुखमा। थिये ती खम्बा झैं कठिन तपको, धैर्यगुणको ::भरीलो ओजस्वी नयनयुगको ज्योतिउनको।। {{p...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

२४
समुद्रैको जस्तो निरतिशय गाम्भीर्य मुखमा
सदा एकैनासे विषयरसको दुःखसुखमा।
थिये ती खम्बा झैं कठिन तपको, धैर्यगुणको
भरीलो ओजस्वी नयनयुगको ज्योतिउनको।।

२५
ति हेर्थे आशाले वदन तपसीको पुलुपुलु
उनी तिन्को हेर्थे नियतिगतिरेखा टुलुटुलु।
ति लोहाको टुक्रासदृश, तपसी चुम्बक थिये
त्यसै हेर्दा हेर्दै कविकन बलैले खिचिलिये।।

२६
अघी जो झल्केथ्यो परम सुख वा शान्ति मनमा
उसैको क्यै पाये झलक तपसीको वदनमा।
इनी को? कस्ता हुन्? भनि गम बढाये जति जति
स्वयं बढ्दै आयो तर अगमता नै उति उति।।