Jump to content

Page:Tarun tapasi.pdf/15

From Nepali Proofreaders
Revision as of 18:00, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१८}} सुधाको त्यो झर्ना, कवि हुन गये सीकर सरी ::थियो त्यो शोभाको जलधि, कविजी मञ्जुलहरी। मिठो त्यो मिश्रीको रस मधुर मिश्री कवि थिये ::अहा कस्तो कस्तो अगम छविमा तन्म...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

१८
सुधाको त्यो झर्ना, कवि हुन गये सीकर सरी
थियो त्यो शोभाको जलधि, कविजी मञ्जुलहरी।
मिठो त्यो मिश्रीको रस मधुर मिश्री कवि थिये
अहा कस्तो कस्तो अगम छविमा तन्मय भये।।

१९
यसो हेर्दा श्रद्धासित नगिच भन्दा नगिचमा
डुबे ती दोटैको हृदयबिचको विन्दु बिचमा।
उसो हेर्दा टाढा मन वचन भन्दा अति पर
इयत्तामा जस्को श्रुति सकल हुन्थे थरहर।।

२०
लिये तिन्ले त्यस्मा निरतिशय तादात्म्यरसको
ठुलो भक्ति श्रद्धा, तर विषय त्यो भाग्यवशको।
मिलूँ भन्दा भन्दै गरम दुधमाथी तर सरी
तुरुन्तै उत्रे ती, हृदयबिच लाग्यो किरिकिरी।।

२१
म को हूँ? त्यो के हो? कुन चटकमा गद्गद थियें?
कसो भो? के के भो? किन म सहसा बेगल भयें?
कता लाग्यो त्यत्रो परम सुखको सागर भनी
घुमे निक्कै तृष्णातरल कवि फेरी फनफनी।।

२२
बढ्यो चिन्ता ज्यादा, विरहवश आँशू गहभरी
भये, त्यै चिन्तामा कवि बहुत खेले लहबरी।
त्यसै घुम्दा घुम्दै उस गहन चिन्ताबिच फसी
बिचैमा भेट्टाये विधिवश कुनै दिव्य तपसी।।

२३
अली मोटो अग्लो कद, जमिनमा छन् पद खडा
घुँडा, तिघ्रा, बाहू, उदर, उर छन् पुष्ट तगडा।
कसीलो सल्कालो गठन तनको, दीर्घ मुहुडा
जटा काला, लम्बा, वसन तनमा वल्कल कडा।।