Jump to content

Page:Tarun tapasi.pdf/14

From Nepali Proofreaders
Revision as of 18:00, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१२}} कडा त्यो ढुङ्गाको शयन, उसमा फेद रुखको ::सिह्रानी, के पर्थ्यो झटपट कठै नीद सुखको। परेको पाखामा अति विकल माछोमय बनी ::बिताये वा काटे छटपट गरी कष्टरजनी।। {{pcn|१३}}...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

१२
कडा त्यो ढुङ्गाको शयन, उसमा फेद रुखको
सिह्रानी, के पर्थ्यो झटपट कठै नीद सुखको।
परेको पाखामा अति विकल माछोमय बनी
बिताये वा काटे छटपट गरी कष्टरजनी।।

१३
हवा चल्दैआयो सिरिसिरि पछिल्लो पहरमा
बजायो तन्द्राले मधुर मुरली मस्त सुरमा।
झकाई त्यै वेला अगम दहराऽऽकाशबिचमा
पुगेछन् ती भित्री अमरपदवीको नगिचमा।।

१४
हरायो कान्ताको विरह, तपको कौतुक गयो
अकस्मात्, त्यो बाधा विकल मुटुको दूर धपियो।
बिचैमा भेट्टाये मधुर उनले दिव्य सुषमा
डुबे ती चुर्लुम्मै निमिषभर तत्काल उसमा।।

१५
न प्यारो चौतारी, न शरण लिने त्यो रुख खडा
न त्यो कालो मैलो जलद, रजनी त्यो न त कडा।
न त्यो प्यारो कापी, कलम, कविताको भुटभुटी
कुनै फेला पारे अगम उनले शान्तिढुकुटी।।

१६
न यो द्यावापृथ्वीमय भुवनको भास उसमा
न ता बोक्रै मैला विषयसुखको प्यास उसमा।
अहा त्यो स्वर्गीय स्फटिक रुचि भन्दा शतगुणा
थियो कस्तो कस्तो अमृतमय निष्कञ्चनपना।।

१७
शरत्को वेला होस्, अमृतकर लाखौं टहटह
उदाऊन् बेदागी गगनभर गर्दै चहचह।
प्रभा तिन्को उम्लोस्, तदपि उस आलोकलवको
अगाडी त्यो सारा मलिन मयलै तुल्य नभको।।