Jump to content

Page:Tarun tapasi.pdf/9

From Nepali Proofreaders
Revision as of 17:51, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<blockquote> <poem> 'चरीको 'चीँ चीँ' मा उस बखत मैले जुन कुरा सुनेथेँ त्यो सुन्दा तिमि पनि हुनेछौ अधमरा ।' </poem> </blockquote> अनि 'करुणमय त्यो कथा' प्रारम्भ हुन्छ : 'शिकारीको झम्टा' ले मानिसको हृदयको कठालो समात...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

'चरीको 'चीँ चीँ' मा उस बखत मैले जुन कुरा
सुनेथेँ त्यो सुन्दा तिमि पनि हुनेछौ अधमरा ।'

अनि 'करुणमय त्यो कथा' प्रारम्भ हुन्छ : 'शिकारीको झम्टा' ले मानिसको हृदयको कठालो समातेर कवि हामीलाई आदर्श कवितामा हाम्रो अनुहार देखाइदिन्छन्‌, हामी लाज पचाउन सक्तछौं तर चिन्तन नगरी सुख छैन, अनि हामी आफूलाई रुँदै मासु खान लागेको पाउँछौं । 'शिकारीको झम्टा' ले भन्दा लेखनाथको एक एक कविताले हामीलाई झम्टन्छ, झम्टा दिन्छ । महाकवि देवकोटाको 'हुरीको गीत' लाई म यहाँनेर सम्झन्छु, त्यो आँधीबेहरी लेखनाथमा छैन, उनमा त मन्द मधुर सुगन्ध शीतल कस्तूरीको सुवास आउने हिमालयमारुतको गति छ, तर कति ओजस्वी गौरवपूर्ण पाउ, एक एक चरणले हृदयको द्वार घचघच्याउँछ । अनि सप्तम विश्राममा गएर करुणरसले यसरी विश्राम लिन्छ-

'चरीले छादेको फगत दुइ थोपा रगतमा'

हुन ता लेखनाथले कवितालाई सदैव सदुपयोग गरेका छन्‌, उसमाथि पनि उनका कविता सधैँ अनेक वाद र सङ् कुचित साम्प्रदायिकताभन्दा माथि केवल मानवतामा आधारित छन्‌ तथापि यी सब गुणलाई एकातिर राखेर पनि कविता निरपेक्ष सुन्दर हुन सक्छ भन्ने उदाहरण निमित्त त लेखनाथ सर्वश्रेष्ठ छन्‌, यो उनको प्रतिभालाई तपस्याले दिएको आशीर्वादको परिणाम हो ।

यसरी 'तरुण तपसी' का उन्नाइस विश्राम लगाएर उनले रुखलाई जिउँदो महात्मा बनाए, आफू पनि कविऋषि बने । रुखमन्तिर बास; रुखको बाल्यकाल; पशुहरूको र रुखको सम्बन्ध; विभिन्न ऋतुमा रुख; रुखमा चरा; चरीको चीँ चीँ; रुखको शान्ति; धनी र गरीब; भोको अतिथि; धनसञ्चय; क्रयविक्रय; जूनकीरी; पसीनाको खिँचातानी; अन्धविश्वास; धर्म र विज्ञान; समाधि; निष्काम कर्म; हाँसो; अनि रुखको रुखै; यस किसिमले उन्नाईंस दृष्टिकोणबाट रुखलाई हेर्दै र रुख चढेर मात्र होइन त्यसभित्र पसेर संसारलाई हेर्दै कविले यस काव्यलाई सगरमाथाको राष्ट्रसुहाउँदो बनाए ।

स्वास्थकर प्रतिस्पर्धा साहित्यको उत्थान गर्ने प्रवृत्ति हो । लेखनाथपछिका कविहरू र अत्याधुनिक कविहरूले कविताशैली अथवा कवितात्मक सौन्दर्यचेतनापट्टि लेखनाथसित हार खाए । क्रमशः त्यतापट्टिको साधनामा ह्रास हुँदै गयो । सौन्दर्यचेतना होइन विशुद्ध चेतनापट्टि कविहरूले प्रगति गर्दै गए । लेखनाथपछि नै बाहिरी संसारका साहित्यको प्रभावले नेपाली साहित्यजगत्‌ प्रभावित भयो, १९९२ अझ १९९३ साल कार्तिकदेखि अमेरिकाका वाल्ट ह्विटम्यानका स्वच्छन्दताले नेपाली साहित्यमा प्रवेश गर्यो । आधुनिकताको नाममा इज्रा पाउण्ड, टि.एस.इल्यट र फ्रान्सका कविहरूबाट पनि हाम्रा कविहरू प्रभावित भए । अवश्य कविहरूमा आत्मानुभूति, आत्मसम्मान, आत्माभिमान, अस्तित्व-चैतन्य, असन्तोष, संवेदनशीलता, संशोधनीय भावनाहरू अन्य देशका प्रसिद्ध कविहरूमा जस्तै