अटाई-नअटाई उकुसमुकुस भएर बढिरहेका छन्, आधुनिक दुष्टिकोणले कविहरूमा त्यो शोभा पनि हो । तर चैतन्यसित लेखनाथीय सौन्दर्य-चेतना हुनु पनि साहित्यिक अभिव्यञ्जनालाई उकास्ने एक आवश्यक साधन हो । त्यस विनाको चेतनायुक्त कवितासमेत मीठो रोटीमा बालुवाको किरिकिरी लागेजस्तो हुन्छ । म फेरि दोहोन्याउँछु- पिकास्सो कविहरूलाई नवीन प्रयोग र नवीन कल्पनाको निम्ति हामीलाई प्रशंसा गर्नु परोस, , तर र्याफल-कवि हाम्रा कविशिरोमणिको यश कहिल्यै धमिलिने छैन ।
२०१० सालमा 'तरुण तपसी' प्रकाशित भयो । २०११ सालमा नेपालका समस्त कवि-लेखकहरूले लेखनाथलाई अभिनन्दन समर्पण गरे, कविशिरोमाणलाई रथमा राखेर सबले ताने । स्वर्गीय श्री ९ त्रिभुवनबाट पनि अभिनन्दन प्रकट भयो । उस वेलाका प्रधानमन्त्री मातृकाप्रसादले पनि सो रथ ताने । कदाचित् जीवित कविको त्यत्रो सम्मान संसारैको निम्ति अद्वितीय थियो । त्यो सम्मानको निम्ति 'तरुण तपसी' निश्चय अधिकारी छ । हाम्रा कविराजा श्री ५ महेन्द्रबाट उनलाई रायल नेपाल एकेडेमीमा राखी शोभा बढाइबक्सेको छ।
अन्त्यमा म यही भनेर भूमिका टुङ्ग्याउँछु- लेखनाथले नेपाली भाषाको क्रण तिरे तर यो कुरा कविको कानमा नपरोस्, कविलाई चाहिँ लागोस्- 'म अझै ऋणी छु ।' उनी त्यो वृक्ष जस्तो बनून्, जुन नढली फल दिन छोड्दैन । हामी रसास्वादन गर्न पाइरहौं उनीचाहिँ सदैव हरियो, तरुण र चिरजीवी होउन् ।
ज्ञानेश्वर
काठमाडौं
२०२१ चैत्र ९
बालकृष्ण सम