Jump to content

Page:Chadbad.pdf/10

From Nepali Proofreaders
Revision as of 16:46, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> नाङ्गो छाती, नाङ्गो पिठ्युँ, नाङ्गो पाखुरा, नाङ्गो पेट चोलो हो कि खिचोलो हो, टनटन सारा सारी समेट सती साध्वीको रित्तो निधार, झाँक्रो फिजेको देख्दा तीजमा भोकले पार...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

नाङ्गो छाती, नाङ्गो पिठ्युँ, नाङ्गो पाखुरा, नाङ्गो पेट
चोलो हो कि खिचोलो हो, टनटन सारा सारी समेट
सती साध्वीको रित्तो निधार, झाँक्रो फिजेको देख्दा
तीजमा भोकले पार्वती बौलाइन् कि झैँ लाग्छ
(२५)

हरेक अड्डा गएर हेरौँ एउटी महिला टाइपिस्ट
तिनैद्वारा छाप्नुपर्छ सबैकी ती इष्ट
तिनै माननीया छन्, ती नै पुजनीया
ऋषिपञ्चमी, सप्तार्षिको बीच अरुन्धती झैँ लाग्छ
(२६)

दुईको चार बनायो, चारको आठ
आठबाट अट्ठाइस बन्छ, अद्वाइसबाट एक सय आठ
नाकभन्दा नाइटो अग्लो साहु महाजनको भुँडी देख्दा
सोह्रश्राद्धमा बाजेले ठहरभर खीर खाए झैँ लाग्छ
(२७)

छिमेकीले आँगनसम्म ल्याइदिए पानी
उनले पनि के भन्लान् ए ! कत्ति लाज नमानी
एक घुड्काको सात रुपियाँ जिप्टाएको देख्दा
घटस्थापनामा घडा नै नथापूँ कि झैँ लाग्छ
(२८)