This page has not been proofread
यहाँ, छातीभन्दा पनि अरे ! तक्मा धेरै छन्
इमानदारीभन्दा पनि चकमा धेरै छन्
हरेकले पाउनैपर्ने, हरेकले लोउन पर्नै
हर दैलोमा नागपञ्चमी, नाग टाँसे झैँ लाग्छ
(२१)
राष्ट्रिय, अन्तर्राष्ट्रिय छैन सूक्ष्म कुराको ज्ञान
जनताका प्रतिनिधि ? बेच्चैमा चाँदीमा गुणगान !
जुठे पनि, ठुटे पनि आज जो पनि नेता छन्
साउनमास, जनैपूर्णेमा क्वाँटी उम्रे झैँ लाग्छ
(२२)
इज्जत जाने त यहाँ कुरै छैन जब इज्जत नै छैन
पाकेटमारसित केको डर जब जेबमा कौडी छैन ?
हास्रो इज्जत ! हाम्रो औकात ! टिम्केर हिँडेको देख्दा
गाईजात्रामा खुर्सानीको माला, झुत्रो छाता ओढे झैँ लाग्छ
(२३)
नाम गयो, दाम गयो, ट्वाँटमय टोल भयो
जात गयो, जागिर गयो, जोबन गयो, जीवन गयो,
चौबाटाका माझमा होनहार नव युवक
कृष्णाष्टमी, रातमा कंस पछारिए झैँ लाग्छ
(२४)