Jump to content

Page:Buddhibinodko pahila binod.pdf/19

From Nepali Proofreaders
Revision as of 16:31, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> गंभीर त्यो दल्दलबाट सुस्तरी कदं उठाएर न भासिने गरी ॥ किनारमा लाउनुपर्छ जीवन तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ {{pcn|४८}} जती गर्यो दल्दल माथि चल्बल पुगिन्छ उत्ती पलमा र...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

गंभीर त्यो दल्दलबाट सुस्तरी
कदं उठाएर न भासिने गरी ॥
किनारमा लाउनुपर्छ जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४८

जती गर्यो दल्दल माथि चल्बल
पुगिन्छ उत्ती पलमा रसातल ॥
बिनाशको चिह्न छ चल्बले-पन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
४९

अघी कति दल्दलभित्र खेलिथिस्‌ ?
रुँदै कती ब्याकुलता उकेलिथिस्‌ ?
तँ फेरि थालिस्‌ किन सल्सलाउन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५०

विवेक-गङ्गाजलको नगीचमा
प्रबाह हामी दुइको छ बीचमा ॥
वहाँ नुहा, सार्थ हुनेछ जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
५१