Jump to content

Page:Buddhibinodko pahila binod.pdf/31

From Nepali Proofreaders
Revision as of 16:27, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> लिई सदा शीतल योग-चातुरी गराउँदा इन्द्रियलाइ नोकरी ॥ विपत्तिको हुन्छ पुरा विसर्जन तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ {{pcn|९६}} न शक्ति मेरो छ तँबाट छुट्टिने न शक्ति तेरो...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

लिई सदा शीतल योग-चातुरी
गराउँदा इन्द्रियलाइ नोकरी ॥
विपत्तिको हुन्छ पुरा विसर्जन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
९६

न शक्ति मेरो छ तँबाट छुट्टिने
न शक्ति तेरो म बिना उछिट्टिने ॥
प्रवृत्तिमा फेरि विभिन्नता किन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
९७

वहाँ म हूला तँ बिना पनी थत
विनाश तेरो म बिना छ निश्चित ॥
तसर्थ चाहन्न म झट्ट छोडन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
९८

तँ नाशिने विश्व-विनोद मासिने
म खास मैमा तँ बिना निसासिने ॥
लिनू छ के लाभ विभिन्न भैकन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
९९