Jump to content

Page:Buddhibinodko pahila binod.pdf/5

From Nepali Proofreaders
Revision as of 16:19, 9 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread
वक्तव्य

प्रिय ! वाचकवृन्द ! अघी मैले ७० सालमा भानुभक्तीय रामायण, विराटपर्व, भाषा पञ्चरत्न आदि कितापहरू भाका झिकी झिकी पढने नेपाली जनसमाजमा तर्कशक्तिको जागृति होस् भन्नाका निमित्त सानू बुद्धिविनोद नामक प्रश्नावली लेखेको थियें, त्यो ७३ सालमा निर्णय सागर प्रेस बम्बईमा छापिएर प्रकाश हुनासाथ नेपाली समाजले त्यसको ज्यादा चाह गयो, थोरै कालमा त्यो समाप्त पनि भो, कइएक विद्वान्‌हरूले तेसको उत्तर लेखने कष्ट पनि उठाए । मलाई नेपाली समाजको तर्कशक्तिमा जागृति पैदा भएको देखदा खुसीलाग्यो र मैले उही बुद्धिविनोदको जगमा–

कहाँ थियो वास ? तँ को ? म को थियें ?
प्रपञ्च के हो ? किन देह यो लियें ?
कहाँ छ जानू ? कुन साथ ली कन ?
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ।।

भन्ने सप्तप्रश्नात्मक पहिला श्लोकका सातै प्रश्नका उपर पृथक् पृथक् विनोद खडा गरी प्रकाश गर्ने अभिप्रायले पहिला विनोद तयार गरी अरू विनोद लेखदै थियें, यस्तैमा ले० सूर्यबहादुरको प्रेरणाले सो पहिला विनोद साहित्यमालाको प्रथम पुष्पको स्वरूपमा १९९४ सालमा पनि प्रकाश गरें । तर त्यो पनि थोरै समयमा नै हातोहात गई समाप्त भएकोले हाल सो पहिला विनोद वाचक-वर्गको करकमलमा उपस्थित