This page has not been proofread
गरेको छु । यसमा पाठकवर्गको अभिरुचि भयो भने अरू विनोद पनि चाँडै नै पाउनुहुनेछ।
हुन ता अध्यात्मविद्याको निगूढतम सिद्धान्तसँग सम्बन्ध राखने यो सप्तप्रश्नात्मक विषयमा कलम बढाउनू म जस्तो सामान्य मानिसका निंति उपहासकै विषय हो, तथापि ‘ न भ: पतन्त्यात्मसमं पतत्रिण: ‘ भन्ने उक्तिको अनुसार यत्किञ्चित् धृष्टता गरी मैले लेखेका सात विनोद-मध्येको कुनै विनोदको एक श्लोकले पनि अध्यात्मप्रेमी कुनै पाठकवर्गको यत्किञ्चित् बुद्धिविनोद गर्न शक्यो भने म आफनू तुच्छ विनोदको पर्ण सार्थकता संझी
‘सूक्तीनांप्रतिभानाञ्च मञ्जरीणाञ्च जृम्भितम
नवमेव मनोहारि नारीणामिव यौवनम्॥'
भन्ने क्षेमेन्द्रको उक्तिअनुसार अरू लेख पनि पाठकवर्गका अगाडि उपस्थित गर्ने यत्न गर्नेछु इत्यलम्।
विनीत
लेखनाथ
२००३ पौष १५ गते