Jump to content

Page:Buddhibinodko pahila binod.pdf/9

From Nepali Proofreaders
Revision as of 16:10, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> विशाल बंशी-स्वर-रूप सिन्धुमा डुबेर जाँदा हरएक बिन्दुमा ॥ मिल्यो मलाई रसिलो रसायन तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥ {{pcn|८}} उपाधि सारा उसले हरी-दियो नवीन आनन्द-सुधा भरी...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

विशाल बंशी-स्वर-रूप सिन्धुमा
डुबेर जाँदा हरएक बिन्दुमा ॥
मिल्यो मलाई रसिलो रसायन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥


उपाधि सारा उसले हरी-दियो
नवीन आनन्द-सुधा भरी-दियो ॥
अपूर्व लाग्यो सव पूर्व जीवन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥


अपूर्व उल्लास, अपूर्व साहस,
अपूर्व त्यो शान्ति, अपूर्वता-वश ॥
तुरुन्त थालें उसमा म पौडन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
१०

अपूर्व भावोदयमा रमाउँदै
पवित्र बंशी स्वर त्यो समाउँदै ॥
डुबें म भित्री तहमा अली छिन
तँलाइ मालुं छ कि ? यो कुरा मन ! ॥
११