Jump to content

Page:Buddhi binod.pdf/16

From Nepali Proofreaders
Revision as of 15:42, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> मरेर जानेछु म एकलै भनी यथार्थ जाहेर छँदाछँदै पनि । अनेक टन्टा बटुलीलिनू किन ? तँलाइ मालुम् छ कि यो कुरा मन ? शरीर कच्चा छ उमेर अस्थिर नपर्खने काल सधैं छ घर्-घर । ह...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

मरेर जानेछु म एकलै भनी
यथार्थ जाहेर छँदाछँदै पनि ।
अनेक टन्टा बटुलीलिनू किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?

शरीर कच्चा छ उमेर अस्थिर
नपर्खने काल सधैं छ घर्-घर ।
हिरिक्क व्यर्थै सुखमा हुनू किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?

तरङ्गमा रङ्-मङिदा यसै म ता
अहो ! पुगेंछू अहिल्यै कता कता ।
कसो गरे मिल्दछ शान्ति-साधन
बता बुझेसम्म अलीकता मन !

मन:- म निस्कनाले जननी ! तिमीकन
परेछ यो घोर अनर्थ चिन्तन ।
म भित्र आएँ अब के छ लस्फस
थपक्क बाबासित शान्त भै बस ।