Jump to content

Page:Buddhi binod.pdf/15

From Nepali Proofreaders
Revision as of 15:42, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> यसो गरेदेखि परिन्छ नेलमा भनी बुझेकै छ तथापि जेलमा । परीरहेकै दुनियाँ अहो ! किन ? तँलाइ मालुम् छ कि यो कुरा मन ? जती कमायो धन धान्य सम्पति तुरुन्त तृष्णा लहरी उती उ...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

यसो गरेदेखि परिन्छ नेलमा
भनी बुझेकै छ तथापि जेलमा ।
परीरहेकै दुनियाँ अहो ! किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?

जती कमायो धन धान्य सम्पति
तुरुन्त तृष्णा लहरी उती उती ।
बढेर जाने जनमैभरी किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?

कलत्र पुत्राऽऽदि यहाँ जती छन
सबै ति थोरै दिनका भनीकन ।
बुझेपछी मुग्ध हुनू वृथा किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?

प्रिया छ जो यौवनमा विलासिनी
पछी उही डङ्किनि धैर्य नाशिनी ।
रिसाउँछे दूर छि छी गरी किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?

जहाँ छ सम्पत्ति तहाँ सबै जन
अघी-पछी लागि सधैं खडा छन ।
जगत् बिरानू धन रित्तिदा किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?