This page has not been proofread
नयाँ कुनै दुर्बिन, यन्त्रको रती
सहाय केही नलिई ग्रह-स्थिति ।
अगाडिकाले कसरी बुझे हुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?
ग्रहाऽऽदिको त्यो उदयास्त पारने
सुवर्णको पर्वत-राज हो भने ।
नदेखिनू त्यो उत्तर तर्फ त्यो किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?
नदी र नालाहरु रेलिदा सब
समुद्र उर्लेर तुरुन्त बेढब ।
समस्त पृथ्वी नडुबाउनू किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?
उही छ माथी तलको नभस्थल
तथापि वृन्त-च्युत वृक्षका फल ।
नजानु माथी कहिले पनी किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?
गडेर हेर्यो दुनियाँ जती जती
तरङ्ग शङ्का बढने उती उती ।
हुँदैन कत्ती पनि शान्तता किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?