Jump to content

Page:Buddhi binod.pdf/13

From Nepali Proofreaders
Revision as of 15:42, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> दयालू सर्वज्ञ ठुला अनीश्वर प्रसिद्ध हाम्रा अघिका मुनीश्वर । कठै कुनै आज नपाइने किन ? तँलाइ मालुम् छ कि यो कुरा मन ? अनन्त बाटा बटुवा छ एक यो । विचारमा रङ्मङिदा जन...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

दयालू सर्वज्ञ ठुला अनीश्वर
प्रसिद्ध हाम्रा अघिका मुनीश्वर ।
कठै कुनै आज नपाइने किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?

अनन्त बाटा बटुवा छ एक यो ।
विचारमा रङ्मङिदा जनम् गयो ।
छँदै छ शङ्का अब कृत्य हो कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?

कतै कसैको मराणान्त दुर्गति
कतै भने सम्पतिमाथि सम्पति ।
छ पक्षपाती सब जातिको किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?

उही कुलो खेत बिऊ सबै उही
उसै गरी रोपिदिए पनि कहीं ।
हुँदैन धान्याऽऽदिक चैत्रमा किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?

अगाडि अध्यात्मविषे थियो जति
थिएन की शिल्पविषे उती मति ।
बनेन होला किन रेल, बेलुन
तँलाइ मालुम् छ कि यो कुरा मन ?