Jump to content

Page:Buddhi binod.pdf/11

From Nepali Proofreaders
Revision as of 15:41, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> पिएर गीताऽमृत शान्त भैकन कुटुम्ब-हत्या-तिर लागनू किन ? किरीटिले तत्व बुझे अहो ! कुन ? तँलाइ मालुम् छ कि यो कुरा मन ? जती जगत्मा छ मनुष्यको गण उती सबैका मनु मूल कारण ।...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

पिएर गीताऽमृत शान्त भैकन
कुटुम्ब-हत्या-तिर लागनू किन ?
किरीटिले तत्व बुझे अहो ! कुन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?

जती जगत्मा छ मनुष्यको गण
उती सबैका मनु मूल कारण ।
छँदा-छँदै जाति पृथक् बने किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?

कतै महापाप छ मद्य गोवध
कतै यही धर्म गनिन्छ मुख्यतः ।
पत्याउने के नपत्याउने कुन
तँलाइ मालुम् छ कि यो कुरा मन ?

निबद्ध एकै पतिमा वधू जन
वधू हजारौं पतिले हुने लिन ।
चलेन पत्नीव्रतको प्रथा किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?

विभाग वर्णाऽऽश्रमको गरीकन
जुदा जुदा जाति खडा गराउन ।
समर्थ को हो किन यो गरेछन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?