Jump to content

Page:Buddhi binod.pdf/8

From Nepali Proofreaders
Revision as of 15:40, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> प्रमाणशाली श्रुति शास्त्र जो छन अहो ! उनैमा झगडा टनाटन । यथार्थ के हो किन छैन मेलन ? तँलाइ मालुम् छ कि यो कुरा मन ? कतै छ एकत्व कतै अनेकता कतै सबै शून्य कतै क्रियात्...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

प्रमाणशाली श्रुति शास्त्र जो छन
अहो ! उनैमा झगडा टनाटन ।
यथार्थ के हो किन छैन मेलन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?

कतै छ एकत्व कतै अनेकता
कतै सबै शून्य कतै क्रियात्मता ।
म सत्य मानूँ कसको विवेचन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?

श्रुति, स्मृति, तन्त्र, पुराण मन्थन
गरेर बोक्रे झगडा लिईकन ।
यथार्थ जान्यो कसले सनातन
तँलाइ मालुम् छ कि यो कुरा मन ?

जता जता दृष्टि दियो उतैतिर
कथा प्रपञ्चाऽऽदि अनन्त सुन्दर ।
महर्षिले जाल रचे वृथा किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?

पराशर, व्यास, वशिष्ठ, जैमिनि
शुकाऽऽदि जो जो पहिले भए मुनि ।
गए ति के काम गरी कहाँ छन् ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?