Jump to content

Page:Buddhi binod.pdf/5

From Nepali Proofreaders
Revision as of 15:39, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> झिलिक्क झिल्के बिजुली सरी सब तुरुन्त छोडीकन जीवनोत्सव । अहो ! कती जीव गए कहाँ किन ? तँलाइ मालुम् छ कि यो कुरा मन ? बुढो पुरानो बदली प्रति-क्षण नयाँ-नयाँ सृष्टिविष...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

झिलिक्क झिल्के बिजुली सरी सब
तुरुन्त छोडीकन जीवनोत्सव ।
अहो ! कती जीव गए कहाँ किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?

बुढो पुरानो बदली प्रति-क्षण
नयाँ-नयाँ सृष्टिविषे टनाटन ।
सजाउने को छ मजा लिईकन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?

कती म जस्ता उहिल्यै बितीसके
कती सुतेका छन बाँचुला म के ।
भनी कुनै कत्ति नआत्तिने किन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?

समस्त सृष्टि स्थितिका नियामक
विरिञ्चि नारायण शङ्करादिक ।
कहाँ बसेका छन गुप्त भैकन ?
तँलाइ मालुम् छ कि यो कुरा मन ?

अहो ! उही जीव कुनै ती देवता
कुनै घुमेका गुहुमा यताउता ।
कहाँ गए ईश दया-निकेतन
तँलाइ मालुम् छ कि यो कुरा मन ?