This page has not been proofread
<poem> जडेको छ जथाभावी अवीर पुरमा सब। लोकमा वीरकै हुन्छ प्रतिष्ठा, मान, गौरव।।
वसन्ती रङ्गका वस्त्र पहिरीकन अङ्गमा। क्या मजाले डुबेको छ दुनियाँ रसरङ्गमा।।
यो हो श्रीकृष्णलीलाको रश्मि यौटा पुरातन। प्रकाश जसको हामी लिंदै छौं अझ पावन।।
पूर्णिमा तिथि हो आज पूर्ण भो शिशिरस्थिति। भोलि अवश्य देखिन्छ वसन्त मधुराऽऽकृति।। १ सकल ऋतुविचार प्रेमका साथ हेरी गुण जति लिनुहोला दोषलाई नटेरी। भनि सकल गुणीका सामने भक्तिसाथ अतिशय झुकि बिन्ती गर्छ यो लेखनाथ।।
इति शिशिर-विचार {{pcn|{{smallerTemplate:'''समाप्तं शुभम्'''}}