This page has not been proofread
अडिने साहसै छैन चाहन्छन् सब पल्टनै।
खुला दोकान को राख्छ गलेबन्दभयेकुनै?।।
मानिस बाहिरै निस्के चौरको खोजनी गरी।
मरीयो कम्पले भन्दै देखिन्न पुरमाधुरी।।
वर्षेकोहिमले कोही भये पल्टेर सोत्तर।
युद्धको सम्झना भेगो उत्तिखेरै सबैतिर।।
मैलो शिशिर यो नामी धामी झैं जम्जमाउँछ।
थोत्रो बादलको ढ्याङ्ग्रो ढन्नढन्न बजाउँछ।।
शीतका मन्त्रले मन्त्री हिमको भस्म छर्दछ।
हुर्रहुर्र हवारूप फूँक त्यो खूप भर्दछ।।
बेढङ्गी चालले हर्दम् दन्तमाला चलाउँछ।
मानू धूपधुवाँ फुस्स हुस्सूको त्यो उडाउँछ।।
मसिना असिनारूप अक्षता पनि छर्छरी।
छर्छ त्यो कहिलेकाहीं सातो सकलको हरी।।
श्यालको बहुतै लम्बे शब्दद्वारा फलाक्दछ।
ठण्डीको देवतालाई अनेक बलि माग्दछ।।
मन्त्रले तन्त्रले हो वा लोक साह्रै कमाउँछ।
जगाई भोकको भूत रोगदासु धपाउँछ।।