This page has not been proofread
फिका देखिन्छ अत्यन्त पद्मले शून्य पोखरी। जूवामा धन फालेका जुवाडेको मुखैसरी।। ८८ पद्मको रसका प्रेमी मदमत्त मधुव्रत।। घुम्न थाले अँगेरीका फूलमा दुःखकर्शित।। ८९ कहाँ बेली, कहाँ चम्पा, कहाँ मन्दार, पाटल। कालले गनियो खालि फूलैमा तुच्छ धुर्सुल।। ९० शीतले फूलका साना बगैंचाका बुटाहरू। परलोक भये धेरै, रुन्छन् थोरै धुरूधुरू।। ९१ रसधारा चुसी सारा तुषाराले वनस्थली। गरायो नीरसाऽऽकार छैन केही झिलीमिली।। ९२ पुष्पपल्लवको शोभा नभयेको वनै सब। बन्यो स्वाऽऽधीनतारत्न फालेको दास झैं अब।। ९३ गलेकी हिमवर्षाले, बलेकी तपले अति। गौरी झैं कलिला साना प्याहुली छन् कताकति।। ९४ देखिन्छ वनमा यौटा फुलेको लोध हालमा। सिद्धिसम्पत्तिले पूर्ण योगी झैं विश्वजालमा।। ९५ लेकबाट झर्यो सारा विवेकी क्रौञ्चको गण। देशकालज्ञले लिन्थ्यो कूपमण्डूकता किन?।। ९६