This page has not been proofread
परालको नलै मैला उसको छ बगम्बर। माला कटकटाऽऽकार दन्तको फेर्छ सुन्दर।। ७ गेरुरङ्गी फलाऽऽनम्र सुन्तला कीपका रुख। फुस्रा हेमन्त बाबाका चेला झैं छन् ति सम्मुख।। ८ नयनाऽऽनन्दका साथै रसनाऽऽनन्ददायक। फल अर्को कुनै छैन सुन्तलातुल्य लायक।। ९ सुन्तला छन् फिलिङ्गा झैं फुस्स हुस्सू धुवाँसरी। विना आगो पनी झल्क्यो धुनीको दिव्य माधुरी।। १० कुइरो बढदै आयो शान्तिशोभा सबै हरी। जीवका मनमा मानू भोगको तिर्सनासरी।। ११ बिहानीपखको राती शीतको कुइरासित। अनौठाको मित्यारी छ रुने हाँस्ने क्रमैसित।। १२ छुट्ट्याई औलको सीमा काँठो लागी वरीपरी। पहिले कुइरो बस्छ तन्केको पगरीसरी।। १३ त्यो देखी उसको मित्र शीत वैरिन थाल्दछ। तत्कालै कुइरो सोझै फाँटमा फाल हाल्दछ।। १४ त्यो माथिबाट देखिन्छ सबेरै टम्म फाँटमा। फट्की राश लगायेको रुवाको दिव्य ठाँटमा।। १५