Jump to content

Page:Ritubichar.pdf/48

From Nepali Proofreaders
Revision as of 21:00, 8 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with " पद्मका पुष्पले पद्मपोखरी ढकमक्क छ। सुगन्धको मजा पाई हावा सारा गमक्क छ।। ५२ लियो सुगन्ध हावाले मिल्कायो तल केशर। तत्त्व पायेपछी फेरि खोष्टाको चाल के छ र?।। ५३ सुनौला रङ्गका ताजा चि...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

पद्मका पुष्पले पद्मपोखरी ढकमक्क छ। सुगन्धको मजा पाई हावा सारा गमक्क छ।। ५२ लियो सुगन्ध हावाले मिल्कायो तल केशर। तत्त्व पायेपछी फेरि खोष्टाको चाल के छ र?।। ५३ सुनौला रङ्गका ताजा चिल्ला केशरले गरी। सुवर्णमय देखिन्छन् सारा कमलपोखरी।। ५४ विधाताले खटायेका कमलद्युतिजाँचमा। जाँचकीतुल्य भै घुम्छन् भुमराहरु पुष्पमा।। ५५ लक्ष्मीको वास त्यो खास फक्रेको पद्मसन्तति। पायी दिव्य रसप्रेमी भुमरा मस्त छन् अति।। ५६ बिस्तारो गतिका साथै खोली दिव्य गला पनि। पद्मका वनमा गर्छन् कलहंस कलध्वनि।। ५७ काव्यमा कविको दिव्य कल्पनाशक्तिको सरी। जलमा अति राम्रो छ हंसको गतिचातुरी।। ५८ हावाले जलमा राम्रा लहरी जुन आउँछन्। झुलदै उनमा हंस डुङ्गीमा झैं रमाउँछन्।। ५९ दूध पानी दुवै छान्नै ज्ञानी परमहंस ती। निराला चालमा चल्छन् को जान्ने तिनका गति?।। ६०