This page has not been proofread
अथ शरद्-विचार गयो बहाड वर्षाको, खडा भो रसिलो शरद्। अर्कै स्वरूपमा निस्क्यो कविको कल्पना जगत्।। १ निस्के घनघटा फोरी देखाई भरिलो छवि। अविद्याजाल तोडेको इलमी राष्ट्र झैं रवि।। २ धेरै कालपछी मिल्दा मित्रदर्शनको सुख। डुब्यो आनन्दमा लोक लगाई हँसिलो मुख।। ३ लोकोपकारमा खर्ची अनन्त जलसम्पति। मनस्वी धीर झैं मेध बन्यो शान्त मुनिव्रती।। ४ कहाँ कालो कडा कान्ति, कहाँ गर्जनतर्जन। मेघले जलका साथै त्यागेछ सब दुर्गुण।। ५ परोपकारव्रतले गलेका मेघ पावन। प्रतिपच्चन्द्ररेखा झैं देखिन्छन् मनमोहन।। ६