Jump to content

Page:Ritubichar.pdf/15

From Nepali Proofreaders
Revision as of 20:47, 8 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "त्यो दिव्य रङ्गमा तेस्तो रङ्ग भै ती चरी सब। मनाउँछन् गला खोली स्वर्गीय कुन उत्सव?।। ७९ गन्धर्वजातिको यद्वा यद्वा किन्नरजातिको। दिव्य गाना सिकेका छन् तिनले भाँतिभाँतिको।। ८० त्यो...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

त्यो दिव्य रङ्गमा तेस्तो रङ्ग भै ती चरी सब। मनाउँछन् गला खोली स्वर्गीय कुन उत्सव?।। ७९ गन्धर्वजातिको यद्वा यद्वा किन्नरजातिको। दिव्य गाना सिकेका छन् तिनले भाँतिभाँतिको।। ८० त्यो चरीका चुचाबाट निस्केको शब्दमाधुरी। उही यथार्थ सम्झन्छ जुन होला उही चेरी।। ८१ बोलने उडने लाखौं खिलौना काखमा धरी। पालुवामा वसन्तश्री खेल खेल्छिन् थरीथरी।। ८२ हेर्दा वसन्तलक्ष्मीको तेस्तो त्यो मोहिनी छवि। हृदयाऽऽकाशमा दोस्रै निस्किन्छन् प्रेमका रवि।। ८३ प्रत्येक वृक्षमा पक्षी आनन्दी गान गाउँछन्। त्यो सुन्दा जङ्गली जन्तु सब भैंमा रमाउँछन्।। ८४ पवित्र प्रेमगङ्गामा गर्दै नित्य निमज्जन। थाले हरिणका झाँक हरिणीसित खेलन।। ८५ पशुपक्षी, लतावृक्ष सबैको भित्र लक्ष्यमा। झल्कीरहेछ आनन्दी प्रेमसौन्दर्यपूर्णिमा।। ८६ गौंथलीहरु साऽऽनन्द योग्य जोडी मिलीकन। मायाचेतन झैं थाले गुण कृत्य जमाउन।। ८७