Jump to content

Page:Ritubichar.pdf/6

From Nepali Proofreaders
Revision as of 20:34, 8 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "श्री श्रीगौरी-शङ्कराभ्यान्नम: अथ वसन्त-विचार हिमालमा गयो जाडो लोक साऽऽनन्द देखियो। उदायो रसिलो राम्रो ऋतुराज वसन्त यो।। १ नामशेष भयो सारा पुरानू शिशिरस्थिति। लियो वसन्तले अर्क...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

श्री श्रीगौरी-शङ्कराभ्यान्नम: अथ वसन्त-विचार हिमालमा गयो जाडो लोक साऽऽनन्द देखियो।

उदायो रसिलो राम्रो ऋतुराज वसन्त यो।।

नामशेष भयो सारा पुरानू शिशिरस्थिति।

लियो वसन्तले अर्कै नयाँ गौरवपद्धति।।

ऋतु हुन् अरु पाँचोटा, वसन्त ऋतुराज हो।

लोक गौरवले भर्नु यसैको मुख्य काज हो।।

वसन्तमा समानै छन् ठण्डी गर्मी दुवै गुण।

तुल्य तुल्य दया दण्ड राजाका हुन् विभूषण।।

देखिन्छ नाऽतिशीतोष्ण महिमा ऋतुराजको।

दयादण्डज्ञ राजाको नीति झैँ राजकाजको।।

पशुपक्षी लतावृक्षलगायत चराचर।

ऋतुनायकको गर्छ प्रेमले स्वाऽऽगताऽऽदर।।