Jump to content

Page:Bhikari.pdf/48

From Nepali Proofreaders
Revision as of 20:34, 26 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<poem> १ बुट्टा र फूलहरुको हरियो छ सारी :::मीठो छ बैंस मृदुभाषण मोहकारी । प्रश्वास शीतल लिई मुख कान्तिपूर्ण :::पद्ढठी परी प्रकृति मस्त झुलेर हाँसिन्‌ ॥ २ हाम्रा पहाड, वनबाट चलीरहेको :::मीठो...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread


बुट्टा र फूलहरुको हरियो छ सारी
मीठो छ बैंस मृदुभाषण मोहकारी ।
प्रश्वास शीतल लिई मुख कान्तिपूर्ण
पद्ढठी परी प्रकृति मस्त झुलेर हाँसिन्‌ ॥


हाम्रा पहाड, वनबाट चलीरहेको
मीठो हवा अमृतको रसतुल्य आयो ।
के आइ छुन्छ दिलका मृदु तार तार
के जादुले जगतको फुलबारि छायो !!


पर्दा तुषार कुहिराहरुको खुलेर
आयो वसन्त सब सुन्दरता स्वरूप ।
मीठो छ जीवन अहा ! सब फूलपात
सौन्दर्यका खुलदछुन्‌ हिउँमा लुकेर