This page has not been proofread
८
यी यादका विमल आँसु उडेर जाँदा
देखिन्न के झलक सुन्दर ज्योति सादा ।
यो एकलोपनविषे यस ठाउँभित्र
आनन्द छैन कुन आँसुविषे पवित्र ॥
९
भित्रै बस्यो सफल प्रेम फुटेन बोली
त्यो कोपिला न त खुल्यो अति छाति खोली ।
आँखा र लालबिच प्रेम त्यसै झुलाई
के दैवले पर लग्यो शिव ! चारुलाई ?
१०
एकान्तमा दिन बिदा जब लिन्छ लाल
आएर शैल शिरमा दुइ हात भाल ।
सम्झन्छु बोलिबिच छाति अटाउँदैन
आँसूसिबाय रसिलो अरु आउँदैन ॥