Jump to content

Page:Bhikari.pdf/43

From Nepali Proofreaders
Revision as of 20:19, 26 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<poem> १२ जाडो तमोमय निशाहरुमा मिलेर ::::बाल्छन्‌ अनेक बटुलेर झिँजा र झार । त्यो अगिन दन्दन हुँदा उडदा शिखाका ::::झिल्कापिछे नयन बल्दछ बालिकाका ॥ १३ आनन्दले अधिक उज्ज्वल उच्चताले ::::हेरेर त...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

१२
जाडो तमोमय निशाहरुमा मिलेर
बाल्छन्‌ अनेक बटुलेर झिँजा र झार ।
त्यो अगिन दन्दन हुँदा उडदा शिखाका
झिल्कापिछे नयन बल्दछ बालिकाका ॥

१३
आनन्दले अधिक उज्ज्वल उच्चताले
हेरेर त्यो ज्बलन गदगद उच्चताले ।
सानो किशोर सबका मुखमा निहारी
क्या तालि दिन्छ दुइ हात मिठा बजारी ॥

१४
वेदान्त, बेद उसका सब काम गर्नु
उस्का बिलास दिलमा सुख, शान्ति भर्नु ।
लोभादिले नधमिलो उसको स्वभाव
गर्छिन्‌ सधैँ प्रकृतिले उसमा प्रभाव ॥

१५
छन्‌ दिव्य दर्शन अनेक मुना मुनामा
सद्ज्ञान छन्‌ प्रकृतिका हरिया कुनामा ।
भुत्रै छ वस्त्र तर त्यो मुटु ठीक चल्छ
फुम्रै छ त्यो मुख अहो ! किन नेत्र बल्छ ?