This page has not been proofread
४
न्यानो छ त्यो घर अहा । सुखशान्ति बास
बत्ती छ सानु तर सुन्दर त्यो प्रकाश !
गर्दै प्रवास दिनको, करले कमाई
छन् गाँसगाँस कति स्वाद किसानलाई ॥
५
त्यो कामले दिल र बारि दुवै छ ताजा
त्यो झोपडी जमिनमा छ उ एक राजा ।
आफ्ना जहानबिचमा अति दिव्य मेल
छैनन् छिमेकतिर द्वेष, कुदृष्टि, झेल ॥
६
सोझो सफा सडक जीवनको सुनौला
छन् काममा रत सधैँ दुइ हात औंला ।
यौटा छ लक्ष्य हरियो सबतर्फ गर्ने
सच्चा कमाइ नगरी उदरै नभर्ने ॥
७
आएर घोबिनि चरी जब बोल्न थाली
कोदालि लिन्छ, तब हिंँड्दछ काँध हाली ।
हेरी उषाकन पहाड रजूर पूर्व
चीसो समीर पिउँदै सुखमा अपूर्व ॥