Jump to content

Page:Bhikari.pdf/31

From Nepali Proofreaders
Revision as of 14:25, 25 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "बालककाल १ आँखा खोलि झिलीमिली जगतमा, आश्चर्यमा घुम्दछौं लीला दिव्य अजान खेलि दगुरी बैचित्र्यमा रम्दछौं । हल्का चल्छ मुटू पबित्र मुखमा तोते मिठो भाषण हल्का बाल-तरङ्ग घुम्छ मनमा छीट...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

बालककाल

१ आँखा खोलि झिलीमिली जगतमा, आश्चर्यमा घुम्दछौं लीला दिव्य अजान खेलि दगुरी बैचित्र्यमा रम्दछौं । हल्का चल्छ मुटू पबित्र मुखमा तोते मिठो भाषण हल्का बाल-तरङ्ग घुम्छ मनमा छीटो मिठो मोहन ॥ २ तोरीका फुल-बीचमा पुर्तलिका रङ्गीन आकर्षण सेता बादलका ठुला तहहरू आनन्द आँखाकन । ढुङ्गाका टुकडा ठुला धन हुने, झाडी हरीया घर त्यो सोझो दिलको क्रिया सकलमा विश्वास त्यो सुन्दर ॥ डे यौटा कोइलिले घुमाउनु वनै इन्द्राणिमा धाउनु सेवा चन्द्र फुली हँसाउनु दिलै बारी घुमी गाउनु । अर्काका दुखदेखि आँसु नखिची आफैं बही आउनु सारालाइ समान देख्नु सजिलो हामी कहाँ पाउनु ॥ रड हे सानी सुकुमारि ! हे हँसमुखी ! हे बालिका सुन्दरी ! खोली पुस्तक बस्तछयौं यति घडी खाली करैले गरी । बाँधिन्छन्‌ सब पङ्ख जानु उड लौ छुट्टी दिएँ आज ता फोस्रा छन्‌ यि किताब ! हामि यिनमा बन्छौं सधैँ बेपता ॥ श्‌ तिम्रो हृद्‌ध्वनिको पछी-पछि चलुँ, संसार हेरी डुल आफैँ मग्न भएर नग्न जगको आकार झूटा भुल। २६