सरर शस्य-रोमिला सुकेशमञ्जुमञ्जरी ।
चरा भरी मृदु स्वरा, प्रवाल-पल्लवा$धरा ॥
सरोजकी कपोलकी, मिलिन्द-नेत्र-अप्सरा ।
सलील-छाल-घूँघरा, सुगन्धसास-हर्हरा ॥
0045 गले बनाउँदी हरा-भरा ।
अबीर ले छरी सुवर्णमा सुगन्ध दी॥
मुसुक्क मुस्क्राउँदी सजेर स्वर्ग झैं धरा ।
चले प्रसून मार्गमा अनङ्ग-मूर्ति सुन्दर ॥
चलाउँछन् कि झैं थिए अनेक रङ्गका शर । ,
विषादतुल्य कामको सँगी छ साथमा तर ॥
(३०)
उ भन्छ “काम के यहाँ ? मिठाइ छैन खानको ।
'कलल्ल लोल छाल यो पटेर खालि कानको ॥
चपाउँ मिर्ग झैं भने मुना बुटा र मञ्जरी ।
छ चार पाउ चाहिने र बाञ्ह सीङ माधुरी ॥
न भोग पाइने यहाँ नटी विकाम वल्लरी ।
छ व्यर्थ सम्झना दिने हिलिल्ल-हल्ल-हल्लरी ॥
चराहरू न सेकुवा चुरुम्म चम्म दाँतमा !
र खालि जाग्छ भोक नै हवा हिलेर पातमा ॥
कटट्ट टट्ट दाँतले छ हेर्नु शून्य रातमा ।
न लड्डु बालुवा लिई भुठी मुठी चपाईँनु ॥“
नयी अहा ! अहो !' प्रभो यहाँ हाँ अघाउनु ।
थर थर्र काँप्दछन् नसा दुटी उरु॥ "
छ दण्ड मात्र मित्र यो, न ता जगत् सबै मरु ।
बडा अघाउँदा सधैं न पीर बुभदछन् मिही ॥
(३१)
अरर ! क्या सँभालिए, थचक्क मर्दथे यही ।
पसेछ तीक्ष्ण दाँतको मलाई टोक्न कण्टक ॥
छलेर पाउपोष यो लिएर मन्त्र वैधक ।
अहो ! उह् ! अरे ! बिभयो नि ! चस्स चस्स भै मुटु ॥
मरेँ नि बाहुनीचरी तृषार्त भै अकालमा ।
दुहेर वृक्ष दूध होस् म प्यूँदथें घुटूघुटु ॥
Page:Shakuntala.pdf/114
Appearance
This page has not been proofread
