Jump to content

Page:Bhikari.pdf/56

From Nepali Proofreaders
Revision as of 18:41, 24 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<poem> बिउँझायो अब, बिउँझायो अब वनको सुतुवालाई बिचेत । लोचनयुगल रसाई आए 'फुलि-फुलि आयो छाति समेत ।। थोपा दुइटा गुडिकन टप्के शान्त शिलामा अभिराम । रेखा सुन्दर पर्न गएछन् देखे दुइटा अक्षर...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

बिउँझायो अब, बिउँझायो अब
वनको सुतुवालाई बिचेत ।
लोचनयुगल रसाई आए
'फुलि-फुलि आयो छाति समेत ।।
थोपा दुइटा गुडिकन टप्के
शान्त शिलामा अभिराम ।
रेखा सुन्दर पर्न गएछन्
देखे दुइटा अक्षर 'राम' ।।
'को हो ! को हो !' कोइली बोली
अस्ताचलमा रवि टप्के
भावुक दिलका अरु अरु थोपा
टप टप सुन्दर टप्के ।।
वनको रङ्ग बनाई स्याही
लेखे रसल प्रवाह पवित्र ।
चिडिया झैं ती गाए सुन्दर
वनमा, घरमा, पिँजराभित्र ।।
अमृत पिए सब भाइ
डाँडाकाँडा गुन्जिउठे ।
शीतल धारा सुखद छहारी
धूप र तिर्खा आज मिटे ।।
गाइरहेछन् आज उतातिर
राम र सीता पाउनिर ।
घाँसी मल्दछ पाउ कमल झैं
नेपाली दुई गादिनिर ।।