Jump to content

Page:Bhikari.pdf/55

From Nepali Proofreaders
Revision as of 18:40, 24 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<poem> बेची सँगाल्दछु दुई तिन पैसा धारा पाटी राख्न छ मन । यहाँ नरोपे कसरी फल्दछ खेल्नु खिलौना कति दिन ।।' चरचर, चमचम हँसिया नाच्तछ अडि अडि बोल्दछ घाँसी । छिन-छिनलाई रत्न उज्याला तुल्य सँग...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

बेची सँगाल्दछु दुई तिन पैसा
धारा पाटी राख्न छ मन ।
यहाँ नरोपे कसरी फल्दछ
खेल्नु खिलौना कति दिन ।।'
चरचर, चमचम हँसिया नाच्तछ
अडि अडि बोल्दछ घाँसी ।
छिन-छिनलाई रत्न उज्याला
तुल्य सँगालि, नमासी ।।
'ईश्वरको यो जङ्गल बिर्ता
घाँस फलेको खेत मलाई ।
बाली उठाउँछु तल्सिङलाई
भारा तिर्दछु पृथिवीलाई ।।
रामछाया दुई दिनको यो
सच्चा काम गरे छ इनाम ।।'
चुम्बक लाग्यो, बिजुली झल्क्यो
टोह्लाई ती चकित बसे ।
पात चलेका मधुर तराना
चिडिया वनका भित्र घुसे ।।
लयमा बहँदा भाव अनेकन्
थाले चल्न मनोहर चाल ।
'अहो' मसीनो ध्वनिको भन्थ्यो
'यो घाँसीको जीवन हाल ।।'