Jump to content

Page:Shakuntala.pdf/97

From Nepali Proofreaders
Revision as of 07:27, 27 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

बुझे पनि नबुभनुमा छल गरी दिलै भज्नुमा ।
सुने पनि नसुन्नुमा नबिभझिए त्यसै बिभ्नुमा ॥
अनेक नखरा गरी रिभिनुमा तथा रिभनुमा ।
म देख्छु प्रभु-मोहनी हृदयजीवको खिच्नुमा ॥
(४१)

यही प्रकृत भावना अलि लिँदी मिही रञ्जक ।
मिठास सरसाउँदी अविदिता बनी कामना ॥
कुरङ्गवनरङ्गले कुसुमकालकी झैँ मुना ।
छ सूक्ष्म ललिताङ्गिनी वदनकी सुगन्धीपना ॥
(४२)

सुनी प्रणयका कथा प्रथम भाव क्यै पाउँदी ।
मिही मृदुल चालले श्रवण घोर ढल्काउँदी ॥
अदृष्ट पछिको कुनै हृदयबीच स्वप्ना हुँदी ।
तिनी मृदुलयौवनी रतिसमान बस्छिन्‌ हुँदी ॥
(४३)