Jump to content

Page:Shakuntala.pdf/84

From Nepali Proofreaders
Revision as of 21:23, 26 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

ललित चानले .लोलमञ्जुला ।
सरल शान्त छन्‌ ती शकुन्तला ॥
हरिणनृत्यको फुर्फुरेपना ।
रङ्ग कोपिलाबीच चल्दथ्यो ॥
(५)

कुसुम पढ्ख भै मिष्ट बोल्दथ्यो ।
फूल भै शान्त1 कुल्दध्यो ॥
प्रकृतिमा मिली नाच्न ॥
पहर आठ छन्‌ चम्चलेक्षण ॥
(६)

बाल-केलिको स्वर्णकाल छ ।
प्रौहको जगत्‌ धूलिजाल छ॥
जनकभावले भू प्रकाशित ।
नव सिँगारले हुन्छ भूषित ॥
(७)

छ र अनन्तमा खेल्नको मन।
रङ्गमञ्च भो स्निग्ध प्राङ्गण ॥
अवनि छन्‌ भुरुङ्‌ व्योम झिल्मिले ।
चपल गानमा तारका बसे॥
(८)

कुद र खेल हे वन्य बालहो !
मधुर गानले स्वर्ग बन्छ रे॥
सत्य फुल्छ रे हिल्छ चल्छ रे ।
मधुर शानमा खेल्छ डुल्छ रे॥
(९)

नव सिँगारः वसुन्धरा ।
रवि भजी ति नृत्य अप्सरा ॥
लय र तालमा तारका परी ।
हृदयकन्दरा बस्दछन्‌ भरी ॥
(१०)