Jump to content

Page:Bhikari.pdf/39

From Nepali Proofreaders
Revision as of 18:30, 24 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<poem> पैह्रेर आभूषण, झल्किईकन गुलाब चल्छन् अलि ढल्किईकन। १४ उद्यान मेरो भरमा परीहरू गुलाब मीठो, फुल नामका अरू। सुगन्धले मग्मग वस्त्र सुन्दर रङ्गीनले शोभित छन् भरीभर। १५ निद्र...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

पैह्रेर आभूषण, झल्किईकन
     गुलाब चल्छन् अलि ढल्किईकन।

१४
उद्यान मेरो भरमा परीहरू
     गुलाब मीठो, फुल नामका अरू।
सुगन्धले मग्मग वस्त्र सुन्दर
     रङ्गीनले शोभित छन् भरीभर।

१५
निद्रा सुसारे छ अपूर्व सुन्दरी
     जादू छ उस्को सपना मिठो सरी।
संसार बिर्सन्छु म अङ्कमालमा
     भाग्छे बिहानै लजिली मनोरमा।

१६
छ साथ मेरो दिन-रात ईश्वर
     ममा यहाँ छैन कतै, कुनै डर।
संसार यस्तो रसिलो विषे अहो!
     मलाइ राख्ने अति धन्य धन्य हो।