Jump to content

Page:Bhikari.pdf/36

From Nepali Proofreaders
Revision as of 18:27, 24 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<big>'''गरीब'''</big> <poem> १ गरीब भन्छौ? सुखको म झैं धनी मिल्दैन संसारभरी कतै पनि। विलासको लालस-दास छैनँ म मीठो छ मेरो रसिलो परिश्रम। २ प्रयासको पत्थरमा नदीसरि बहन्छु हाँसी म तरङ्गले भरी।...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

गरीब


गरीब भन्छौ? सुखको म झैं धनी
     मिल्दैन संसारभरी कतै पनि।
विलासको लालस-दास छैनँ म
     मीठो छ मेरो रसिलो परिश्रम।


प्रयासको पत्थरमा नदीसरि
     बहन्छु हाँसी म तरङ्गले भरी।
म पोखरी झैं उहि ठाउँ जम्दिनँ
     छ शुद्ध यो जीवनको सबै कण।


निधार मेरो पसिना-जडाउ छ
     मोती तिनैको अनमोल भाउ छ।
छ शान्तिको सुन्दर दीप वासमा
     पीयूषको स्वाद छ गाँसगाँसमा।


छ भोक मीठो, रसिलो प्यास
     छ अन्तमा व्यञ्जनको सुवास।