Jump to content

Page:Bhikari.pdf/33

From Nepali Proofreaders
Revision as of 18:23, 24 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<big>'''वृक्ष'''</big> <poem> १ यौटा वृक्ष ठूलो खडा छ म अघी, बाक्लो छ फैलावट यस्का शीतल पात चञ्चलमनी आरामको स्वर्गमा मेरा धेर उमङ्ग भिन्न रंगका चल्दो हवामा उडे फैलिन्छन् यसका जरा हृदयमा, हाँगाभरी...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

वृक्ष


यौटा वृक्ष ठूलो खडा छ म अघी, बाक्लो छ फैलावट
यस्का शीतल पात चञ्चलमनी आरामको स्वर्गमा
मेरा धेर उमङ्ग भिन्न रंगका चल्दो हवामा उडे
फैलिन्छन् यसका जरा हृदयमा, हाँगाभरी फूल छन् ।


ओभाई पसिना म गर्दछु कुरा प्यारो पुरानोसँग
मीठो बन्दछ एकलो हुनु पनी यस्ता सँगातीसँग
भिन्न भिन्न बिना कुनै शब्दले हाम्रो समालाप छ
भाषामा नअटाउने कति कुरा छन् छातिका पींधमा।


यस्मा जीव छ कामना, हृदय छन्, यस्को पनी जीवन
नाना रङ्ग लिएर चल्दछ यहाँ, जस्तो छ मेरो पनी
नाच्दी छन् पृथिवी अनेक ऋतुको पर्दा गिरी खुल्दछ
छाया घाम चलीरहेछ यसमा, हावा हुरी आउँछन् ।