देखिन्छ ईश्वर त्यहाँ शिशु छन् जहाँ यी।
श्रीकृष्ण छन् ऋषि कुनैकन पातमाथि ॥
चिल्लो हरा मृदुलता नव पालुवाको।
पाएर ईश्वर बसे शिशुरूप बन्छन् ॥
(३४)
यो कोपिलाकन सुगन्ध दिने जरामा।
हो स्वर्ग, हैन जलरश्मि यहाँ धरामा ॥
त्यो शब्दको मधुर तान थियो चरामा।
तोते मिठास अक् छैन कि स्वर्गमा नै ॥
(३५)
यो काँचको घर न हो बहुरत्न-छाना।
छन् इन्द्रका धनु विभूषण रङ्ग नाना ॥
प्रत्येक रश्मि रविको पनि हुन्छ भल्ल ।
त्यो कल्पना अभ छ रङ्ग दिने भलल्ल ॥
(३६)
के फूल हुन् र कविजी जग-सिर्जनाका ।
आदर्शरूप दिलका मृदु गुह्यवाला ?
मेरा निमित्त शिशु नै सब फूललाई।
जित्छन् सुगन्धमय जीवन दिव्य पाई ॥
(३७)
ती अप्सरा र नृपकी दुङ्ध-अंशवाली।
पृथ्वी र स्वर्गकन साथ लिएर घुम्छिन् ॥
आनन्दलाइ ऋषिको तपको गिज्याई।
आनन्दतुल्य खँदिलो नव स्वर्ग लिन्छिन् ॥
(३८)
दाढ़ी सफा सकल ज्ञान छुने हिलाई।
"नानी" भनेर जब कण्व पुकार गर्थे ।
नानी दुवै चमकले दुइ स्वर्गतुल्य।
हेर्थे मनोहर बनी ऋषिमा प्रफुल्ल ॥
(३९)
Page:Shakuntala.pdf/79
Appearance
This page has not been proofread
