This page has not been proofread
सप्तम सर्ग
(उपजाति)
(उपजाति)
सानी उज्याली वनबालिका ती।
हालेर जादूमय स्वप्न जाली ॥
बन्धिन् तरङ्गीपट भाँति भाँति। ..
अनेक राम्रा मृदु भाव काती ॥
(१)
हेर्थिन वसन्ती कलिदार डाली।
कल्लोल के स्वर्णप्रभातमा ती॥
आनन्दका पाउ छिटा उचाली।
(२)
दिन्छन् मुना, पल्लव, पुष्प, ताली।
विहङ्ग बोल्छन् रसिला कुरा ली ॥
छन् वल्लरी नै उनलाइ आलि।
चल्छन् हवाले मृदु अङ्ग चाली ॥
(३)
कल्लोलले निर्मल नृत्यवाली।
नालां बगेका गिरिकुन्जभित्र #।
भाषा छ तोते नवपल्लवीय। *
वसन्त के शब्द हुने मुनामा ।
(४)