क्रूर हे कालको भाइ- नङ्ग्रा हुने ।
भो नच्यात् ! भो नच्यात् ! पुष्पको पात त्यो ॥
जीवना$5नन्दको कोमल स्पन्दन ।
ढुक्दुकाई छिटो त्रासले भो, नमार् ॥
(२३)
हाय तप्क्यो हरे ! रक्तको बिन्दु नै ।
लाल हिंसा धराबीच बुट्टा बनी॥
शान्तिको सूचनातुल्य यो कान्तिमा ।
क्रूर के डस्दछस् ईश्वरैको मुटु ?
(२४)
योनि फेर्, योनि फेर् शाक खाने बनी ।
मूल खाने बनी ले फलाहार तँ॥
मांस नै भक्ष्य जो भन्छ त्यो क्रूरहो।
लाश खाने लुखी लाज छोडीकन ॥
(२५)
हाय हा ! हाय हा ! हाय हा ! हाय हा!”
तर्सिई बाज त्यो छोड्छ त्यो बालिका ॥
ची चिचीँ चञ्चुले पक्क पानी भजी ।
फूल गुच्छा बनी लाज थोप्ला लिँदी ॥
(२६)
गै उठाए त्यहाँ कण्वले: बालिका ।
आर््व आँखा हुँदी क्रूरका पापले ॥
देखिइन् बालिका अप्सराकी त्यही ।
कुञ्जमा फूलको -गर्दथिन् क्रन्दन॥
(२७)
त्रास संसारका दूर छाया बनी ।
बालको त्यो बिलौनाविषे सुस्तरी ॥
आउँदा चित्तमा मेघका पड्ख झैं ।
वारिवर्षा गरी ती विलाप्थिन् त्यहाँ ॥
(२८)
Page:Shakuntala.pdf/68
Appearance
This page has not been proofread
