Jump to content

Page:Bhikari.pdf/23

From Nepali Proofreaders
Revision as of 18:02, 24 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<poem> चेतनको यो ज्योतिहिरण्य, उसको शिरको ताज । शरीरको यो सुन्दर मन्दिर, विश्वक्षेत्रको माझ । भित्र छ ईश्वर बाहिर आँखा, खोजी हिँडछौ कुन पुर? ईश्वर बस्तछ गहिराइमा, सतह बहन्छौ कति दूर? खोज...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

चेतनको यो ज्योतिहिरण्य,
उसको शिरको ताज ।
शरीरको यो सुन्दर मन्दिर,
विश्वक्षेत्रको माझ ।
भित्र छ ईश्वर बाहिर आँखा,
खोजी हिँडछौ कुन पुर?
ईश्वर बस्तछ गहिराइमा,
सतह बहन्छौ कति दूर?
खोजी गर्छौ? हृदय उगाऊ,
बत्ति बाली तेज प्रचुर ।
साथी यात्री ! बीच सडकमा,
ईश्वर हिँडछ साथ
चुम्दछ ईश्वर काम सुनौला
गरिरहेको हात
छुन्छ तिलस्मी करले उसले,
सेवकहरूको माथ।
सडक किनारा गाउँछ ईश्वर,
चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको
पीडा, दु:खको गानामा