This page has not been proofread
प्रथम पुष्प प्रकाशक पद्मको ।
उर छुने उनको बुझ उच्चता ॥
तदपि अल्पवयस्क छ त्यो रस ।
अमर-षोडश-बैंस-मदालस ॥
(६२)
पयरं ती चतुरा छमछम् चले ।
लहरमा सम दीकन चञ्चले ॥
विगहका सब मूक गला खुले ।
अधर फर्फर भै त्राषिका चले ॥
(६३)
मधुर कम्बरमा कर कोमल ।
कुसुमतुल्य दिईकन लच्किँदै ॥
चपल चाँप सजीकन नर्तन ।
लिन तयार भइन् मृदुलाधरा ॥
(६४)
यदि यथार्थ खुलासित लेखियोस् ।
तब बयान हुँदा अनी धनी ॥
अवनितर्फ कुबेर ॥
“म छ गरीब” भनीकन धाउँथे ॥
(६५)
धवल जाँघ थिए कदलीदल ।
रहरका रसिला अलि पेशल ॥
मधुर मसृण मादकता भरी ।
दुद हिले हलुका हँसिला खुली ॥
(६६)
पयर छम्छम 'चन्छ कला-लघु-
म उपमा कुन चीजविषे लगूँ ?
मददनका वनमा गुनकेसरी ।
पहिरिने कि त काश्मिरमा परी-
तिर कुनै तुलनापदमा पुगूँ ?
(६७)